निजगढ प्रकरण : सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै

Machchapuchchre

अर्थ राजनीति  ~  निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आइतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुस प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए । यसैगरी काठमाडौँमा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २ः३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्