स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजारभन्दा बढी

Machchapuchchre

अर्थ राजनीति  ~   मंगलबार विहान १०ः१५ बजेसम्म  १ लाख ४१ हजारभन्दा बढी  संख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्रदेश १ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ । परेका उम्मेदवारीमध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा २ हजार ३४३, वडा अध्यक्ष पदमा ३३ हजार १११, महिला सदस्य पदमा २४ हजार २८३, दलित महिला सदस्य पदमा २१ हजार ९७९ र सदस्य पदमा ५१ हजार ९२ रहेको छ । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या ३५ हजार २२१ रहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्