१९ जना प्रहरी अधिकारीहरु एकसाथ अवकाश हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले ३० वर्षे सेवाहदको कारण आगामी साता यहि वैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित चार प्रहरी अतिरिक्त महानिरीक्षक एघार प्रहरी नायव महानिरीक्षक र तीन प्रहरी वरिष्ठ उपरीक्षकहरुले अवकाश पाउन लागेका हुन् । यहि वैशाख १८ गते मध्यरातदेखि प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्न कुमार कार्की र वसन्त कुमार पन्तले अवकाश पाउदैछन् । साथै प्रहरी नायव महानिरीक्षक हरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्रप्रसाद चौधरी सेवानिवृत्त हुँदैछन् । त्यस्तै, प्रहरी वरिष्ठ उपरीक्षकहरु मध्य प्रदीपकुमार श्रेष्ठ, बिरेन्द्र बश्याल र नवराज भट्टले समेत ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्