सशस्त्रमा २० दिन आईजीपी बन्न दुई एआईजी प्रतिस्पर्धामा

Machchapuchchre

अर्थ राजनीति  ~  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् ।​ शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् । छोटो समय आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका पुष्पराम केसी मेरिट लिस्टको एक नम्बरमा छन् । पौडेल मेरिट लिस्टको दुई नम्बरमा छन् । अर्धसैन्य संगठन सशस्त्र प्रहरीमा बरियता नमिच्ने परम्परा छ । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरु बताउँछन् । पुष्पराम केसी अहिले कार्य तथा सिमा सुरक्षा विभागको प्रमुख छन् । रामशरण पौडेल मानवस्रोत विभाग प्रमुख छन् । सेवा परिवर्तन गरेर सशस्त्र प्रहरीमा आएका उनीहरु दुवैजना २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्