अर्थ राजनीति ~ श्रीलंकामा सरकारप्रति आक्रोशित जनताले हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर हुँदैछन्। अहिले जनतामा आपतकाल र कर्फ्युको डर छैन । आन्दोलनका क्रममा पक्राउ परेका ५४ जनाको उद्धार गर्न ६ सय वकिल अदालत पुगेका थिए । अदालतले ४८ जनालाई रिहा गर्नुपरेको थियो । यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षे अहिले विपक्षीलाई सरकारसँग हात मिलाएर देशलाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरिरहेका देखिन्छन् । श्रीलंकाको अवस्था यतिबेला निकै तनावपूर्ण छ । अब के हुन्छ कसैलाई थाहा छैन । मुलुक आर्थिक, राजनीतिक र सामाजिक रूपमा पूर्ण रूपमा अस्थिर बनेको छ । एक साताभन्दा बढी समयदेखि जनताले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । सुरुमा उनीहरुले मौन प्रदर्शन गर्न थाले । पोस्टर ब्यानर बोकेर चुपचाप उभिएर राष्ट्रपतिलाई राजीनामा दिन माग गरेका थिए । तर, उनीहरुको माग सुनुवाइ भएन । यही कारणले गर्दा अहिले बिस्तारै आन्दोलन आक्रामक बन्दै गएको छ । अप्रिल १ मा राष्ट्रपतिको घर नजिकै हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनकारी र सुरक्षामा खटिएको विशेष कार्यदलबीच पनि झडप भएको थियो । वकिलले आन्दोलनकारीलाई कानुनी सहयोग गर्ने बताए यहाँ चीजहरू धेरै तनावपूर्ण भयो। ढुंगामुढा र सवारी साधनमा आगजनी भएको थियो । हिंसामा पाँच पत्रकार र कैयौं प्रदर्शनकारी घाइते भएका छन् । यहाँबाट प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीले ती आन्दोलनकारीविरुद्ध पीटीए (आतंकवाद नियन्त्रण ऐन) अन्तर्गत मुद्दा दर्ता गर्न चाहेको थियो तर ६ सयभन्दा बढी वकिलले अदालत पुगेर पक्राउ परेकाहरुको अधिकारको संरक्षण गर्न माग गरेका थिए । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि युवाहरुमा आक्रोश झनै बढ्दै गएको छ । सरकारले जति कडाई गर्दैछ, त्यति नै जनतामा आक्रोश बढ्दै गएको छ । सामाजिक सञ्जाल प्रतिबन्धको बाबजुद पनि मानिसहरु अनलाइन भएर विभिन्न तरिकाले बोलिरहेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति