” गठबन्धनलाई मुलुकको सुशानमा प्रयोग गर्नुपर्छ ” : मन्त्री झाँक्री

Machchapuchchre

अर्थ राजनीति  ~ सहरी विकासमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशानका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् । आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशानका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवद्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ ।’गठबन्धन कतातर्फ जाने भन्ने कुरा गठबन्धनकै सहयात्री दलहरुको निर्णयमा भर पर्ने उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्