अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’ प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले सहयोग गरेको उनको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’
” मन्त्री हेरफेर हुने सम्भावना छ ” : अध्यक्ष दाहाल
