अर्थ राजनीति ~ ब्याज वृद्धिको चौतर्फी विरोधपछि बैंकर्स संघले चैतका लागि ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ। बैंकर्स संघ कार्यसमितिको बैठकले फागुनको ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो। यसअघि ब्याज दरमा सहमति गरिराख्नु उचित होइन भन्ने तर्क गरेर खुला छाडिएको बताइएको थियो। यद्यपि ब्याज बढोस् भन्नका लागि राष्ट्र बैंकका गभर्नरले बैंकर्स संघका अध्यक्षलाई भनेपछि खुला गरिएको थियो। युक्रेन-रुसको युद्धले एकातिर पेट्रोलियमको भाउ महँगिएर लागत चुलिएको छ भने अर्कोतिर डलरको भाउ उकासिएर आयात ब्यापार पनि महँगो भएको छ। त्यसमाथि ब्याज वृद्धिले आन्तरिक उत्पादनको लागत थप वृद्धि हुन थालेको थियो।चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि बैंकर्स संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो। यसको अर्थ फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत हुने छ। संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन् भने रेमिटेन्स पठाउनेले १२.०३ प्रतिशत ब्याज पाउने छन्। बैंकहरुले चैत १ गतेबाट लागू हुने ब्याज फागुन मसान्तमा प्रकाशित गर्ने छन्। फागुनमा १०.०५ प्रतिशत रहेको मुद्दतीको ब्याज ११.०३ प्रतिशत पुर्याइएकाले लागत वृद्धि भइसकेको छ। नयाँ ऋणीको ब्याज माथि पुग्न थालिसकेको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति