अर्थ राजनीति ~ रसियाबाट ऊर्जा आपूर्ति लिन निषेध गरेमा पश्चिमा मुलुकहरुले तेलको मूल्य प्रतिब्यारेल ३०० अमेरिकी डलर पुग्ने अवस्था सामना गर्न तयार हुनुपर्ने चेतावनी रसियाले दिएको छ। यस्तै आफ्नो तेल नलिने गरी प्रतिबन्ध लगाएमा रसिया-जर्मनी मुख्य ग्यास पाइपलाई समेत बन्द गरिदिने चेतावनी दिएको रसियाली एक वरिष्ठ मन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। सोमबार अमेरिकी सेक्रेटरी एन्टोनी ब्लिङकेनले वासिङ्टन र युरोपेली समर्थकहरुले रसियली तेल आयातमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएलगत्तै कच्चा तेलको मोल १४ वर्ष (सन् २००८) यताकै उच्च विन्दुमा पुगेको थियो। ‘यो विल्कुलै स्पष्ट छ कि रसियन तेल लिन खारेज गर्ने हो भने त्यसले विश्व बजारका लागि विनासकारी परिणामहरु निम्त्याउनेछ,’ रसियन उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘मूल्य बढेर कहाँसम्म पुग्छ भन्ने अनुमान गर्न गाह्रो छ। तर यो धेरै माथि गएन भने पनि ब्यारेलको ३०० डलरसम्म पुग्नेछ।’ युरोपले रसियाबाट पाइरहेको परिणामको तेललाई प्रतिस्थापन गर्नका लागि कम्तिमा पनि एक वर्ष लाग्ने र यसका लागि स्पष्टरुपमा ठूलो मूल्य चुकाउनुपर्ने नोभाकको भनाइ छ। ‘युरोपेली राजनीतिज्ञहरुले इमानदारीतापूर्व आफ्ना नागरिक र उपभोक्ताहरुलाई के अपेक्षा राख्ने भन्ने सचेत गराउन जरुरी छ,’ नोभाकले चुनौति दिँदै भने, ‘यदि तिमीहरु रसियाबाट तेल आपूर्ति लिन खारेज गर्छौ भने गर। हामी यसका लागि तयार छौं। हामीलाई यो थाहा छ हामी युरोपलाई दिइरहेको परिमाणको तेल कता पुनर्निर्देशित गर्न वा पठाउन सक्छौं।’रसियाले युरोपको ग्यास आवश्यकताको ४० प्रतिशत पूर्ति गर्दै आएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति