अर्थ राजनीति ~ साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २५६६.९० बिन्दुमा पुगेको छ । बजार बढेसँगै आज ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका २२६ वटा कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँबराबरको ५६ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बिहीबार १३ वटै समूहको सूचकमा हरियाली छाउँदा फाइनान्स समूहको सूचक सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ । त्यस्तै, डेभलपमेन्ट समूह र हाइड्रोपावर समूहको सूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा कम अन्य समूहको सूचक ०.०४ प्रतिशतले बढेको हो । बजार बढ्दा १८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने पाँचवटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य ३१ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ४१ रुपैयाँ कायम भएको छ । आज कर्णली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति