अर्थ राजनीति ~ नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनले बताए । प्रचार अभियानमा पार्टीका सबै संगठनका परिचालन गरिने भएको छ। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति पार्टीले लिएको महामन्त्री शर्माले बताए । स्थानीय तहमा कांग्रेसमा आवद्ध अधिकतमलाई जिम्मेवारी सुम्पने तयारी गरिएको छ। ‘पद हुने तर जिम्मेवारी नहुने हाम्रो पुरानो प्रचलन छ।यसपटक जिम्मेवारीविहीन बनाउँदैनौं।’ उनले भने । प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई वृहत् गराउने उद्देश्यले अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबाट हुने बताइएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति