अर्थ राजनीति ~ पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए । ‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ ।’उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए । अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले अगामी चुुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन् । एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुुनावमा तयारी लाग्न आहृवान पनि गरेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति