एमसीसी विरोधी प्रदर्शनमा बढी बल प्रयोग नगर्नु : राष्ट्रिय मानवअधिकार आयोग

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनका कार्यकर्ता तथा सर्वसाधारणले विगत केही दिनदेखि गर्दै आइरहेको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएको अवस्थाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो । आयोगले विरोध प्रदर्शनको स्थलगत तथा विभिन्न माध्यममार्फत नजिकबाट अनुगमन गरिरहेको पनि जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्