अर्थ राजनीति ~ उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताउनुभएको छ । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमतिआवश्यक रहेको धारणा राख्नुभयो । उहाँले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमतिहुँदा राम्रो हुने धाराणा राख्नुभयो । राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्दको खतरा हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा छलफल र मतभिन्नताहरु प्रकट भइरहेका छन् । दुरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ । राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द पैदा हुन सक्ने खतरा हुन्छ । र यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठहरु पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति