एमसीसीको पक्षमा बहुमत पुर्‍याउने गृहकार्यमा प्रधानमन्त्री

Machchapuchchre

अर्थ राजनीति   ~  संसद्‌मा टेबल भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि बहुमत पुर्‍याउने गृहकार्यमा जुटेका छन् । गठबन्धन दलका सांसद र विपक्षी दललाई फकाउने रणनीतिमा देउवा जुटेका हुन् । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै प्रधानमन्त्री संसदीय अंकगणितको जोड–घटाउमा लागेका छन् । पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको बुझाइ छ । एमालेले मतदान प्रक्रिया बहिष्कार गर्ने अनुमान उनको छ । एमालेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले सभामुख अग्नि सापकोटाको विरोध गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । देउवाले मन्त्रीहरूलाई बोलाएर एमसीसीको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै विपक्षमा मतदान गरे मन्त्री पद नरहने चेतावनी दिएको बालुवाटार स्रोतको दाबी छ । संसद् मा हाल कायम सांसद संख्या २ सय ७१ छ, जसमा एमालेका ९७, कांग्रेसका ६१, एकीकृत समाजवादीका २४, जनता समाजवादीका २०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १२, जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् । एमसीसी सम्झौता अनुमोदन हुन एक चौथाइभन्दा बढी सांसदको उपस्थितिमा बहुमत पुग्नुपर्छ । प्रधानमन्त्री देउवाको अपेक्षा गत माघ २९ मा बालुवाटारमा बनेको अनौपचारिक समझदारीअनुसारै माओवादी र एकीकृत समाजवादीले साथ दिन्छन् कि भन्नेछ । त्यस दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसँग एमसीसी अनुमोदनमा सहयोग पुर्‍याउने गरी अनुपस्थित हुने समझदारी गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्