अर्थ राजनीति ~ सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताइन् । उनले एमसीसी जस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताइन् । मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन् । मन्त्री झाँक्रीले भन्नुभयो, ‘नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित ग-यौं, त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो । अरु यस्ता एमसीसी लगायतका इस्यूहरू थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरू छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो । त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरू नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरू हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति