” याक एण्ड यती ” माथिको कारवाही फिर्ता लिन होटल संघ नेपालको माग

Machchapuchchre

अर्थ राजनीति  ~  होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुनै नसक्ने भन्दै अध्यक्ष राणाले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसंगत हुने विषयमा संघको समर्थन रहेको बताइन् । कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरणमा सकारात्मक सन्देश नभएको भन्दै अध्यक्ष राणाले मुलुकको कानुन बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्कहरु नियम बमोजिम हुने नै हुँदा होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् । नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजीको निर्णयले श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्