अर्थ राजनीति ~ ब्याजदर वृद्धि भए लगत्तै खुलेको धितोपत्र बजारमा फराकिलो अंकको गिरावट देखिएको छ। बजार खुलेको आधा घण्टा नहुँदै ८५ अंक अधिकले घटेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०१.५६ को विन्दुमा कायम थियो। आइतबार प्री-ओपनिङमा १७ अंक घटेको नेप्से परिसूचक हाल २७१५ को विन्दुमा कारोबार हुँदै छ। ब्याजदर वृद्धिको दबाब पर्दा बजारमा आज बिक्री चापको माहोल बनेको छ। निर्वाचनको मिति तय भएपछि बढ्ने भनिएको बजार घट्दा अन्योलमा देखिएका लगानीकर्तामा ब्याजदर वृद्धिको पनि भार पर्दा पुँजी सुरक्षातर्फ मोडिएका छन्। लगानीकर्ताहरु आ-आफ्नो पुँजी सुरक्षातर्फ केन्द्रित हुँदा मध्यान्ह नहुँदै बजारमा २ अर्ब रुपैयाँको कारोबार भएको छ। कारोबार भएका अधिकांश उपसमूह घटेका छन्। सर्वाधिक गिरावट जलविद्युत र निर्जीवन उपसमूहमा देखिएको छ। उपसमूहहरु ३ प्रतिशत अधिक घटेका छन्। बाँकी अन्य उपसमूहमा पनि १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्मको गिरावट आएको छ। अपर तामाकोसी सर्वाधिक कारोबार भएको छ। जलविद्युतको १४ करोड रुपैयाँ अधिकको कारोबार हुँदा मूल्य साढे ६ प्रतिशत घटेको छ। निफ्राको १२ करोड र अरुण भ्याली हाइड्रोको ११ करोड रुपैयाँ अधिकको सेयर किनबेच भएको छ। सबै भन्दा बढी गुमाउने सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्टका लगानीकर्ता हुन्। कम्पनीको मूल्य ६.६८ प्रतिशत घटिसकेको छ। साहस ऊर्जाका लगानीकर्ताले पनि करिब ६ प्रतिशतका दरले गुमाइसकेका छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति