अर्थ राजनीति ~ आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालय स्रोतका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । संसद बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेका छन् । सोही निर्देशनबमोजिम बैठक स्थगनको सूचना टाँस गर्ने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सापकोटालाई बैठक स्थगन गर्न आग्रह गरेका र सोहीबमोजिम बैठक स्थगित भएको बताइएको छ । यसअघि १६ माघका लागि बोलाइएको संसद बैठक पनि सूचना टाँस गरी स्थगित गरी २६ माघका लागि बैठक बोलाइएको थियो । तर, २६ माघका लागि बोलाइएको बैठक पनि फागुन २ सम्मका लागि स्थगित भएको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति