काँग्रेस कार्यसम्पादन समिति बैठकअघि शेखर कोइराला समूहका तीन निष्कर्ष

Machchapuchchre

अर्थ राजनीति   ~  नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा  समूहगत धारणा बनाएको हो । २७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्डा छन् । यस विषयमा समूहगत धारणा बनाउन सोमबार बसेको कोइराला समूह निकट पदाधिकारीसहितको बैठक बसेको थियो । महामन्त्री गगन थापाको सचिवालय नक्सालमा प्रदेशमा भएका सरकार विस्तार र कार्यसम्पादन समिति  बैठकका एजेन्डामाथि आन्तरिक छलफल गर्न बसेको बैठकको संयोजन नेता गुरुराज घिमिरेले गरेका थिए । बैठकमा महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, अजयबावु सिवाकोटी सहभागी थिए । उपसभापति धनराज गुरुङ भने बैठकमा सहभागी थिएनन् । बैठकले नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याउनुपर्ने निष्कर्ष निकालेको हो । महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य भएपछि विधानत स्वतः पद रिक्त छ । त्यसमा विधानसम्मत नयाँ कमिटी ल्याउन पर्ने कोइरालको समूहको जोड छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्