” देउवा र प्रचण्डले एमसीसी बारे जनतासँग माफी माग्नु पर्छ ” : कमल थापा

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र लेखेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै थापाले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको पनि टिप्पणी गरेका छन् । थापाले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरीत रहेको बताएका हुन् । एमसिसीलाई पठाएको पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको दावी रहेको छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले उनीहरूले जनता समक्ष माफी माग्नुपर्ने बताएका हुन् । देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो । यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए । गत कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागिता भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धता जनाई एमसीसीलाई पत्र पठाएको खुलासा गरेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता सहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्