सरकारका प्रवक्ता : ” भ्रमहरु चाँडै दूर भएर एमसीसी कार्यान्वयनमा जान्छ “

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । अमेरिकाले दिएको टाइमलाइन फेब्रुअरी २८ भित्र एमसीसी पास हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री कार्कीको जवाफ छ, ‘एमसीसीको विषयमा जुन बहस चलराखेको छ । जुन किसिमको भ्रम र आशंकाहरु छ यो चाँडै नै दूर भएर यो कार्यान्वयनमा जान्छ ।’एमसीसीलाई संसदमा लगेर सकारात्मक निष्कर्षमा पुर्‍याउने विषयमा तीन शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको उल्लेख गर्दै उनले निचोडमा पुग्न एमसीसीबारे फेरि पनि छलफल हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्