अर्थ राजनीति ~ उत्तेजना फैलाउने अभिव्यक्ति दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बोलाएर छलफल गरेको छ । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्यहरुले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्याउने खालको र उत्तेजनापूर्ण अभिव्यक्ति दिनु गलत हुने बताएका थिए । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगका अध्यक्ष र सदस्यहरुले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने भन्दै भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिएका छन् । गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए । सो घटनामा माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो । बिहीबार आयोगका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित भएको स्वीकार गर्दै सो अभिव्यक्ति कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरेकी छन् । उनले हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति भविष्यमा नदोहोर्याउने प्रतिवद्धता जनाएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति