आजको माैसम : पश्चिमी वायुको प्रभाव थप बढ्ने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आजकाे मौसममा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् । महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिबाट यस प्रणालीको प्रभाव बढ्ने देखिएकाे जारी सूचनामा उल्लेख छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएकाे छ । मधेसमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्