अर्थ राजनीति ~ साताको दोस्रो दिन दोहोरो अंकले घटेको धितोपत्र बजार निकै उतारचढाव पछि मंगलबार उकालो लाग्दै प्रि-ओपनिङ सेसनमा साढे ३ अंक बढेको थियो। बजार खुलेको एक घण्टा नहुँदै १९ अंक अधिक गिरावट देखिएको छ। २८७५.७४ को विन्दुमा खुलेको नेप्से परिसूचक घटेर २८८१ विन्दुमा कारोबार हुँदै छ। कारोबार रकम दुइ अर्ब रुपैयाँ नाघेको छ। हालसम्म १३ उपसूचकका २१६ वटा स्क्रिप कारोबार भएका छन्। जसमध्ये ११४ वटा कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ। ६१ वटा कम्पनीको मूल्यमा गिरावट देखिएको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर छ। मंगलबार बजार बढ्दा लगानी र जलविद्युत उपसमूह सबैभन्दा बढी बढेका छन् भने सर्वाधिक गिरावट जीवन बीमा उपसमूहमा देखिएको छ। विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमा लगानीकर्ताको आकर्षण यस दिन पनि कायमै छ। दुवैको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। फरवार्ड लघुवित्तको सेयर पनि करिब साढे ७ प्रतिशतले उकालो लगेको छ। नेरुडे लघुवित्त, ओरियन्टल होटल र समिट लघुवित्तको मूल्य सर्वाधिक घटेका छन्। यी कम्पनीको मूल्य झन्डै २ प्रतिशत ओरालो लागेको छ। हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा खरिद बिक्री भएको छ। कम्पनीको १८ करोड रुपैयाँको कारोबार भइसकेको छ। अपर तामाकोशीको १५ करोड र नेशनल हाइड्रोपावरको १४ करोड रुपैयाँको कारोबार भएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति