अर्थ राजनीति ~ पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोध्ने निर्णय लिन नेपाल पर्यटन बोर्डकाे बैठक आज बस्दैछ । बेलुकी साढे ५ बजे बस्ने बैठकले सीईओ रेग्मीलाई स्पष्टीकरण सोध्ने निर्णय लिने बताइएकाे छ । रेग्मीविरुद्धको छानबिनका लागि बोर्डले २ पुसमा बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले साेमबार प्रतिवेदन बुझाइसकेको छ । छानबिन समितिले ११ बुँदामा प्रश्न उठाएको छ । छानबिन समितिले उठाएका तिनै प्रश्नका आधारमा सीईओ रेग्मीलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो । छानबिन समितिलाई सुरुमा १५ दिनको समय दिइएकामा अध्ययनका लागि समय लागेको भन्दै डेढ महिना लगाएर प्रतिवेदन तयार पारेको हो । सीईओ रेग्मीले बोर्डमा रहँदा २ वर्षसम्म गरेका काम कारबाहीमाथि छानबिन समितिले अध्ययन गरेको थियो । खासगरी, गत कात्तिकमा बेलायतमा आयोजित विश्व पर्यटन मेलाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीमाथि हातपात गरेको घटनापछि रेग्मी विवादमा तानिएका थिए । रेग्मीमाथि भन्सारका कर्मचारीमाथि हातपात गरेको, बोर्ड अध्यक्षको निर्देशन अटेर गरेको, आर्थिक अनियमितता गरेको र काँचो सुन अवैध रूपमा नेपाल ल्याएको आरोप छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति