स्थायी तरलता सुविधा (एसएलएफ) बराबर नै अन्तर बैंक सापटी

Machchapuchchre Bank

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएपछि बैंकहरुले एक आपसमा सापटी नै पाउन छाडेका छन्। पाइहाले यसको ब्याज दर स्थायी तरलता सुविधा (एसएलएफ) बराबर पुगेको छ। अहिले एसएलएफको ब्याज दर राष्ट्र बैंकले ५ प्रतिशत तोकेको छ। आफूसँग भएको ऋणपत्र धितो राखेर बैंकहरुले एसएलएफमार्फत राष्ट्र बैंकबाट ऋण पाउँछन्। अन्तर बैंक सापटीको ब्याज दर तुलनात्मक रुपमा एसएलएफभन्दा कम हुनु पर्ने हो। तर राष्ट्र बैंकका अनुसार अन्तर बैंक सापटी दर पनि ५ प्रतिशत नै पुगेको छ। अहिले सरकारले आन्तरिक ऋण उठाउन थालेको छ। सरकारले खर्च बढाउन सकेको छैन। तुलनात्मक रुपमा रेमिटेन्स आय बढ्न सकेको छैन। यसले गर्दा प्रणालीमा तरलता अभाव चर्किएको छ। यहीकारण अहिले सीडी रेसियो ९० प्रतिशतमाथि उक्लिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्