अर्थ राजनीति ~ स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकको तयारी रहेको बताइएइको छ । संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ । सत्ता गठबन्धनका प्रमुख घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचन पहिले गरेर स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्ने प्रस्तावलाई सत्ता गठबन्धनले अनुमोदन गरेसँगै त्यसको चौतर्फी आलोचना भइरहेको छ । निर्वाचन आयोगले बारम्बार पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने भन्दै सरकारलाई ध्यानकर्षण गराइरहेको भएपनि नेपाली कांग्रेस समेत निर्वाचन सार्ने पक्षमा उभिन थालेपछि निर्वाचनबारे उचित निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउन लागिएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समयमा स्थानीय निर्वाचन गराउन दबाब सिर्जना गरिरहेको छ । एमालेले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको र सत्ता गठबन्धनले गरेको व्याख्या मान्य नहुने भन्दै अदालत जाने चेतावनी दिँदै आएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति