माघ २३ देखि विद्यालय खोल्न दिन शिक्षा मन्त्रीसँग प्याब्सनको माग

Machchapuchchre

अर्थ राजनीति ~  निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो । खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न  शिक्षामन्त्री पौडेललाई  माग गरेको अध्यक्ष टीकाराम पुरीले बताए । “अहिले शिक्षा क्षेत्रमा डेडलक छ । १५ गतेसम्म बन्द भनेको छ । केही दिनअघि शिक्षा मन्त्रालयले २० गतेसम्म खोप अभियान चलाउने भनेको छ ।  शिक्षा मन्त्रालयको सोच के छ भनेर सोध्यौं ।’ खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नको माग गरिएको उनको भनाइ छ । आउने सप्‍ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए । यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्