अर्थ राजनीति ~ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ । सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो । समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठलाई दोस्रो चरणमा छनोट गरेको स्रोतले जनाएको छ । पहिलो चरणमा भण्डारी, कार्की र श्रेष्ठसँगै प्रविन पन्दाक र रमेश घिमिरे छनोटमा परेका थिए । दोस्रो चरणमा पन्दाक र घिमिरेलाई आउट गर्दै समितिले भण्डारी, कार्की र श्रेष्ठलाई सीईओका लागि सिफारिस गरेको हो । समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सीईओ छनोट गर्नेछ । नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति