अर्थ राजनीति ~ काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १८ वर्ष उमेर समूहलाई कोरोनाको फाइजर खोप लगाउन शुरु गरिएको छ । २०६१ मंसीरदेखि २०६६ मंसीरसम्म जन्म मिति रहेका बालबालिकाहरुले खोप लगाउन पाउने छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा माघ ७ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । २ सय भन्दा बढी विद्यार्थी रहेका उच्च माध्यामिक र माध्यामिक विद्यालयहरुमा खोप केन्द्र राखिएको छ । कुन विद्यालयमा कहिले खोप केन्द्र राख्ने भन्ने निर्णय लिने जिम्मा वडा र वडा स्वास्थ्य कार्यालयलाई दिइएको छ । हाल विद्यालयहरु बन्द रहेकाले एक साताभित्रै खोप अभियान पूरा गर्ने लक्ष्य राखिएको छ । विद्यालयहरुले विवरण पठाईसकेकाले थप कुनै परिचयपत्र आवश्यक नपर्ने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । भक्तपुरमा भने गत शुक्रबारदेखि नै बालबालिकाहरुलाई खोप लगाउन शुरु गरिएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति