अर्थ राजनीति ~ डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाकी श्रीमती रेजी राणाको नाममा रहेको घरजग्गाको विवरण सम्पत्ति शुद्धीकरण विभागलाई बुझाउँदै छानबिनको माग गरेका छन्। केसीले पछिल्ला १३ वर्षमा रेजीले ठमेल, धुम्बाराही र भाटभटेनीमा कमाएको करिब तीन रोपनी जग्गाको स्रोत छानबिन गर्न माग गर्दै मंगलबार विभागलाई पूरक निवेदन बुझाएका हुन्। यसअघि केसीले राणा, उनको परिवार र नातेदारसहित विचौलियाहरूको समेत सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी दिएका थिए। त्यसैको पूरक उजुरीका रूपमा मंगलबार उनले प्रधान्यायाधीश पत्नी रेजीका नाममा काठमाडौंमा भएका घरजग्गाको विवरण बुझाएका हुन्। केसीको निवेदनमा भनिएअनुसार २०६५ सालको असोजमा धुम्बाराही, मंसिरमा ठमेल र २०७७ साल असारमा भाटभटेनीमा रेजीले करोडौं पर्ने जग्गा किनेकी छन्। उनको नाममा अवैध स्रोतको आम्दानीबाट ती जग्गा किनेको तथ्य थाहा हुन आएको भन्दै ती जग्गा रोक्का गरेर गम्भीरतापूर्वक अनुसन्धान र छानबिन गर्न डा. केसीले माग गरेका छन्। बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले राणा, उनकी पत्नी, भाइ, नातेदार लगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए। उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी लगायतको पनि सम्पत्ति छानबिन गर्न माग गरिएको छ। तर, पदमा रहेका प्रधानन्यायाधीश, न्यायाधीशहरूको सम्पत्ति अनुसन्धान गर्न नमिल्ने भएकाले विभागले राणाबाहेक उनका परिवारका सदस्य र आफन्तको अनुसन्धान थाल्ने बताइएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति