मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

Machchapuchchre Bank

अर्थ राजनीति   ~  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन्। कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्। मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका छन्। विद्यार्थीहरूले कलेजले होस्टेल शुल्क पनि बढी लिएको गुनासो गरेका छन्। ‘विद्यार्थीहरूले कलेजले बढी शुल्क लियो भन्ने गुनासा गरेका छन्। मन्त्रालयमा उजुरी पनि परेको छ,’ मन्त्री पौडेलले भने, ‘सञ्चार माध्यममा पनि कलेजले अतिरिक्त शुल्क लिएको खबर छ। नियमभन्दा बाहिर गएर शुल्क लिएको पाइएमा कारबाही हुन्छ।’ कलेज प्रशासनले भने मन्त्री पौडेलसँग शुल्क बढी लिइएको पाइएमा विद्यार्थीहरूसँग वार्ता गर्न तयार रहेको जवाफ दिएका थिए। कलेजमा राजनीतिले प्रवेश पाएको र विद्यार्थीहरूले ताला लगाएको पनि कलेज प्रशासनको भनाइ थियो। कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा अखिल क्रान्तिकारी, नेविसंघ तथा अभिभावकहरूले विरोध गरिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्