अर्थ राजनीति ~ जनकपुर–जयनगर रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि तय गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यो विषय टुंग्याउने तयारी गरिएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणका मिति तय भइसकेको छैन । दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र कम्तीमा दिनको एक पटक रेल चलाउने गरी तयारी भइरहेको उनले जानकारी दिइन् । सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले रेल पूर्वाधार विस्तारका लागि विभिन्न खण्डमा प्रक्रिया अगाडि बढाइएको समेत उनले बताइन् । गत साउनमै रेल्वेको ट्रयाकको गति परीक्षण गरिए पनि व्यवसायिक रुपमा सञ्चालनमा आउन सकेको छैन ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति