पुनर्कर्जाले घट्न थल्यो बैंकहरुको सीडी रेसियो, ९१% भन्दा तल आयो

Machchapuchchre

अर्थ राजनीति  ~  नियामकीय व्यवस्था नाघिए पनि पछिल्ला दिनहरुमा तरलताको अवस्थामा झिनो भए पनि सुधार हुन थालेको देखिएको छ। राष्ट्र बैंकले आयात नियन्त्रण गर्न प्रतितपत्रमा मार्जिन राख्ने व्यवस्था गरेपछि त्यसको असर थोरै भए पनि देखिन थालेको छ। आयातभन्दा ठूलो चाहिँ राष्ट्र बैंकले पुनर्कर्जा वितरण गर्न थालेपछि सीडी रेसियो घट्न थालेको हो। राष्ट्र बैंकले ५२ अर्ब उपलब्ध गराइसकेको छ। बाँकी ४० अर्ब रुपैयाँ उपलब्ध गराउने चरणमा छ। सीडी रेसियोमा पुनर्कर्जा जोड्न पाइन्छ। यही कारण सीडी रेसियोमा कमी आएको हो। एक साताअघिसम्म बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत थियो। अहिले क्रमश: ९०.९९ हुँदै ९०.७६ अंकमा आइसकेको छ। यो औसत सीडी रेसियो हो। राष्ट्र बैंकका अनुसार, सीडी रेसियोसँगै बैंक तथा वित्तीय संस्थाहरुले तरलताका लागि भनेर सापटी लिने रकम पनि घट्न थालेको छ। बैंकहरुले स्थायी तरलता सुविधा दैनिक ६० अर्ब रुपैयाँसम्म लिन थालेका थिए। पछिल्लो एक सातायता घटेर ४० अर्ब रुपैयाँभन्दा कममा सीमित हुन थालेको छ। यसको कारण पनि पुनर्कर्जा नै हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्