चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट करीब २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको बताएका छन् । चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि ४० लाख २३ हजार २५० रुपैयाँ अध्ययन शुल्क निर्धारण गरे पनि केएमसीले अध्ययन अवधिभर करीब ६० लाख रुपैयाँ तिर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न दबाव दिएको विद्यार्थीहरूको गुनासो छ । त्यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आयोगले ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरे पनि नोबेल मेडिकल कलेजले विद्यार्थीहरूबाट थप १५ लाख अतिरिक्त शुल्क माग गरेको उनीहरूको गुनासो छ । नोबेल कलेजमा अतिरिक्त शुल्क नदिने विद्यार्थीहरूलाई कलेजले अध्ययन गर्न समेत नदिएको उनीहरूले बताएका छन् । विद्यार्थीहरूबाट १० लाखदेखि १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क माग गरेको नोबेलमा एमबीबीएस अध्ययरत एक विद्यार्थीले दाबी गरे ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति