अर्थ राजनीति ~ नेकपा एमाले लमजुङको आसन्न जिल्ला अधिवेशनका लागि करिब ६ सय प्रतिनिधिहरूले सहभागिता हुने भएका छन् । आगामी २३ गते हुने आठौं जिल्ला अधिवेशनमा जिल्ला भरिबाट प्रतिनिधित्व गर्दै करिब ६ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका हुन् । नेकपा एमाले जिल्ला संगठन अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार नेकपा एमाले लमजुङका अनुसार अधिवेशनको बन्दसत्रमा जिल्लाका ७५ वटा वडाबाट मात्रै करिब चार सय प्रतिनिधि सहभागी हुने छन् । वडाबाट वडा कमीटी अध्यक्षसहित अधिवेशनका लागि छनौट भएका प्रतिनिधिहरू सहभागी हुने छन् । अधिवेशनका लागि प्रत्येक वडाबाट कम्तीमा चार जना प्रतिनिधि छनौट भएका छन् । नेकपा एमालेका अनुसार प्रत्येक वडामा ५० जना संगठित सदस्यबाट दुई जना खुला, एक महिला र एक जना दलित सदस्य प्रतिनिधिले सहभागिता जनाउने छन् । ५० देखि ७५ जना संगठित सदस्य भएका वडाहरूबाट थप एक जना खुला सदस्यसहित पाँच जनाप्रतिनिधि छनौट भएका छन् भने १ सय जनासम्म संगठित सदस्य भएको वडाबाट थप एक-एक जना खुला र महिलासहित ७ जना प्रतिनिधि छनौट भएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति