अर्थ राजनीति ~ एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग एक करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौता भएको हो । उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसीले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा (क्रेडिट इन्ह्यान्समेन्ट) प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्ने विश्वास लिइएको छ । सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिबृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने जानकारी गरिएको छ । सिफेमसँग भएको सम्झौता एनएमबि बैंककोे लगानीका स्रोत विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता रहेको बताइएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति