अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रका केही महाधिवेशन प्रतिनिधिले पार्टी छोडेर नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुलाई ‘लाल गद्धार’ घोषणा गर्न माग गरेका छन् । आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक वैचारिक दस्तावेजमाथि समूहगत छलफलको निष्कर्ष सुनाउँदै केही महाधिवेशन प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् । प्रदेश १ को समूहका तर्फबाट टोली नेता हर्कबहादुर नेम्वाङले सुझाव प्रस्तुत गर्दै एमालेमा रहेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत नेताहरुलाई लाल गद्धार घोषणा गर्न माग गरेका हुन् । उनीहरुले समग्र कम्युनिस्ट आन्दोलनमा गद्धारी गरेको उनको तर्क छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि बादलसहितका नेताहरु एमालेमै छन् । एकता भंग भएर माओवादी केन्द्र ब्युतिएपछि माओवादीमा रहनुपर्नेमा एमालेमा रहेर उनीहरुले गद्धारी गरेको उनको भनाइ छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति