पहिलो साता सुधार भएको निक्षेप दोस्रो सातादेखि घट्न थाल्यो

Machchapuchchre

अर्थ राजनीति  ~  पुस पहिलो साता निक्षेपमा देखिएको सुधार दोस्रो साता भने कायम हुन सकेन। पहिलो साता निक्षेप २७ अर्ब रुपैयाँले बढेको थियो। दोस्रो सता घट्न थालेको छ। दोस्रो साताको पहिलो दिन नै निक्षेप ५ अर्बले घटेको छ। बाणिज्य बैंकहरुको मात्र ४ अर्ब रुपैयाँले घटेको छ।पहिलो साता ऋण ७ अर्ब रुपैयाँले मात्र बढेको थियो। दोस्रो साता ऋण घटेको छ। एक अर्ब रुपैयाँले घटेको छ।चालु आर्थिक बर्ष कुल निक्षेप ११२ अर्बले बढेको छ। ऋण लगानी भने ४३७ अर्बले बढेको छ। निक्षेपभन्दा ऋणको बृद्धि गुणात्मक हुँदा तरलता अभाव भएको हो। बैंकहरुको सीडी रेसियो पुन उक्लिन थालेको छ। ९१.२१ प्रतिशत सीडी रेसियो पुगेको राष्ट्र बैंकले जनाएको छ। अन्तर बैंक ब्याज दर पाँच प्रतिशत हाराहारी नै छ। राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै बाहिर मुद्रा जाने क्रम कम भएको छ। दैनिक साढे ६ अर्बको आयात हुने गरेकोमा अहिले सवा ६ अर्बको मात्र आयात हुन थालेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्