कांग्रेस महामन्त्रीको मतगणना जारी

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदका लागि मतगणना भइरहेको छ। कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्। यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्। यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्। तेस्तै , नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । १०२० मत मत गन्दा थापाले ६८५ मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ४०४ मत पाएका छन् ।यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ । प्रकाशशरणले ३४२ मत पाउँदा पद्रीपले ३२० पाएका छन् । डा. मिनेन्द्र रिजालको १७५ पाउँदा राजाराम कार्कीले २९ मत मात्रै ल्याएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्