देउवालाई बधाई दिदै गगनले भने ” पार्टीलाई थिति र विधिमा राख्नु होला “

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नवनिर्वाचि सभापति शेरबहादुर देउवाललाई बधाई दिनु भएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाललाई बधाई दिनु भएको हो । थापाले कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गरेको बताउनु भएको छ । त्यस्तै, उहाँले समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै समेत बताउनुभयो । ’कांग्रसकाे १४ औं महाधिवेशनबाट देउवा सभापति पदमा दाेस्राे कार्यकालका लागि निर्वाचित हुनु भएकाे छ । उहाँका प्रतिद्वन्द्वी डा‍‍ शेखर काेइराललाई ८७८ मतले पराजित गर्दै देउवा सभापति पदमा निर्वाचित हुनु भएकाे थियाे । देउवाले २७३३ मत प्राप्त गर्नुभयाे भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गर्नु भएकाे थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्