प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतदान हुने भएको छ  भने  प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनु भएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा, कोइराला ,सिंह, निधि र गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो । कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका लागि सिंहको निवास चाक्सीबारी पुग्नु भएको थियो । देउवासँगको भेटवार्तापछि सिंहले आफूले देउवालाई सघाउने बताउनु भएको हो। देउवाले पार्टीमा सुधार र कार्यशैली परिवर्तन गर्ने आश्वाशन दिएकाले सिंहले देउवालाई सघाउने निर्णय गर्नुभएको सिंह निकट एक नेताले जानकारी दिए । सभापतिका लागि  देउवा र कोइराला बीच दोस्रो चरणको निर्वाचन आजै दिउँसो साँढे ३ वजेदेखि हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्