गगन थापाको अपिल- महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गरौं

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताएका छन्। आज कांग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले आज एक अपिल जारी गर्दै पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रहसमेत गरेका छन्। ‘आज देशभर पार्टीको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशन मार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु,’ थापाले भनेका छन्। प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्। ‘आज सही निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सहि गति लिनेछ,’ थापाले भनेका छन्, ‘पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरूबाट हुनेछ।’ उनले पार्टीको पुनर्जागरण र नवनिर्माणका लागि सही निर्णय लिनेमा विश्वाससमेत व्यक्त गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्