फेरि माओवादीको पक्षमा जनलहर आउँदैछ, मधेसमा पनि : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि माओवादीको पक्षमा जनलहर आउने बताएका छन् । सोमबार पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘देशैभरि फेरि माओवादीको पक्षमा लहर आउँदैछ । प्रदेश २ मा ३२ वटा संघीय सिट छन्  त्यहाँ म सर्लाही, महोत्तरी, रौतहट पुगेको थिएँ , माओवादी नै देश जोगाउने पार्टी हो भन्ने लहर देखिएको पाऔँ ।’महन्थ ठाकुर र  राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको उनको जिकिर छ । ‘मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ । महन्थ ठाकुर र  राजेन्द्र महतोमाथि विश्वास रहेनछ,’ प्रचण्डले भने , ‘माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरु छन् । हामी कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाएको हो विभाजनको होइन । एमाले प्रतिक्रान्तिकारी पार्टी हो ।’ गएको केन्द्रीय कमिटी बैठकबाट अब पार्टीलाई बनाइ छाड्ने संकल्प गरेको उनको भनाइ छ । ‘संगठनमा यसबीचमा देखापरेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभरि सदस्यता नवीकरण र अधिवेशनहरु गर्न थालेका हौँ । अधिवेशन हुन थालेपछि पार्टीको पुनर्गठन र पुनर्निर्माणको महान् अभियानमा महत्वपूर्ण ऊर्जा पैदा भएको छ,’ प्रचण्डले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्