“दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा रेमिट्यान्सलाई लगानी गराैँ ” : वरिष्ठ उपाध्य ढकाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको तर्क गर्दै उनले दीर्घकालीन लाभ लिने गरी योजना बनाउनुपर्ने बताए । बिहीबार आईएमईले आयोजना गरेको ‘आईएमई डब्बलको डब्बलको डब्बल’ अफरका  विजेता घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको दाबी गरे ।‘आजभन्दा २० वर्षअगाडि नेपालमा २० प्रतिशत औपचारिक रूपमा र बाँकी अनौपचारिक रूपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ । यसमा हामीले महत्त्वपूर्ण काम गरेको आभास भएको छ । देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउन महत्त्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,’ उनले भने । लगानीबाट राम्रो प्रतिफल आउने भएकाले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उनको आग्रह छ । कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमई आमसर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रूपमा विकास भएको बताए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्