अर्थ राजनीति ~ बार र बेन्च बीच चलिरहेको लगातारको तनाब बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई १० इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले एउटा एकल इजलास र ९ वटा संयुक्त इजलास गरी २२२ मुद्दाको पेसी चढाएका छन्। प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् । यसैबीच, सर्वोच्च अदालत परिसरमा भने कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो । नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।