अर्थ राजनीति ~ प्रणालीमा एक दिनमै १० अर्ब रुपैयाँ निक्षेप थपिएपछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतबाट तल ओर्लिएको छ। बैंकहरुको औसत सीडी नै ९०.१४ प्रतिशत पुगेको थियो। बाणिज्य बैंकहरुले मात्र सात अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १ अर्ब पुगेको छ। बाणिज्य बैंकहरुको मात्र ४२ खर्ब ३३ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण बढेको छैन। तर बाणिज्य बैंकहरुको मात्र एक अर्बले घटेर ४० खर्ब ३६ अर्बमा आएको छ। एकातिर निक्षेप बढेको र अर्कोतिर ऋण घटेका कारण सीडी रेसियो ८९.९१ प्रतिशतमा आएको हो। राष्ट्र बैंकको बाणिज्य बैंक सुपरिवेक्षण विभाग स्रोतका अनुसार, केही बैंकको सीडी रेसियो ९५ प्रतिशत नाघेको छ। अझै पनि एक दर्जन बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति