अर्थ राजनीति ~ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेका सभापति शेरबहादुर देउवाबाट पार्टी सञ्चालनमा असफल भएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले देउवाले पार्टीलाई चलायनमान बनाउन नसकेको टिप्पणी गरे । “गत संसदीय निर्वाचनमा कांग्रेस पराजित भएपछि राखिएको समीक्षा बैठकमा मैले सभापतिजीलाई नैतिकताका आधारमा राजीनामा दिनुहोस् भनेको थिएँ,” उनले भने, “उहाँको नेतृत्वमा चुनावमा पराजित भयो कांग्रेस त्यस आधारले मैले त्यतिबेला पनि भनेको थिएँ र आज पनि भन्छु उहाँको नेतृत्व असफल भयो ।”सिंहले आसन्न महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको प्रस्ट्याए । उनले सबै आकांक्षीसित छलफल र संवाद भइरहेको उल्लेख गरे । न्यायालयमा देखिएको समस्या विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्नेमा नेता सिंहले जोड दिए । “न्यायालयमा अहिले जुन समस्या देखिएको छ, त्यो संविधानअनुसार विधिसम्मत ढंगले समाधान गर्नुपर्छ भन्ने मेरो धारणा छ,” उनले थपे, “यस विषयमा दलहरु पनि गम्भीर भएका छन् । मलाई लाग्छ अब न्यायालयको गतिरोध धेरै दिन रहँदैन ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति