बार र बेन्च तनाव कहिलेसम्म ?

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । बार एसोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको छलफलका क्रममा राखेको उनले बताइन् । उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएको उपाध्यक्ष बस्यालको भनाइ छ । नेपाल बार एसोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताइन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनर एसोसिएसनले बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । मंगलबार आयोजित धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलिबाट सुरु हुने तेस्रो चरणको आन्दोलन सशक्त बनाउने उद्घोष गरेका हुन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसङ्गति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको जिकिर गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्